औचित्यका आधारमा गठबन्धन हुन्छ : शेखर कोइराला


मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेल औचित्यका र आवश्यकताका आधारमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय एवम् क्षेत्रीय र जिल्लाको सुझावअनुसार तालमेल हुने स्पष्ट पारे । नेता कोइरालाले निर्वाचन परिचालन कमिटी र कांग्रेस केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गर्न भएको सहमति सुन्दर पक्ष हो भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गरे । एक प्रश्नको जबाफमा नेता कोइरालाले नेविसंघ र तरुण दलले सभापति नियुक्त गर्नु पार्टी सभापतिको अधिकार भएको हो र त्यसको कुनै विरोध नरहेको बताए ।

प्रतिक्रिया