ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाण मेडिसिटी अस्पतालमा


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले श्वासप्रश्वाशमा समस्या ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार साँझ अस्पतालमा पुगेर गृहमन्त्री खाणले ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा सम्लग्न डक्टरहरूले गृहमन्त्री खाणलाई जानकारी गराएका थिए । खाणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको ठाकुरलाई सुनाएका थिए । ठाकुरले आफ्नो स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको बताए ।

प्रतिक्रिया