नेपाल बार एशोसिएसनः लोकतान्त्रिकका घिमिरेको प्यानल अगाडि


काठमाडौं – नेपाल बार एशोसिएशनको नेतृत्वका लागि गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन् । २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष घिमिरेसहित उनको प्यानलको अग्रता कायमै छ ।

घिमिरेले हालसम्म गणना भएको मध्ये ९३२ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४६३ मत प्राप्त गरेका छन् ।

महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालले ८३६ र केदारप्रसाद कोइरालाले ५५० मत प्राप्त गरेका छन् । बारको चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचन भएको थियो ।

प्रतिक्रिया