बुढीगण्डकी आयोजना : डुबान क्षेत्रका घर गोठको पनि मुआब्जा निर्धारण (निर्णयसहित)


काठमाडाैँ-  जलाशययुक्त १२ सय मेगावाटको  बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो ।

‘डुबान क्षेत्रका जनतालाई मर्का नपर्ने गरी प्रचलित नियम कानुन अनुसार दररेट निर्धारण गरिएको छ’ मुआब्जा निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने । मुआब्जा निर्धारण समितिले पक्की, कच्ची घर, गोठ, धन्सार लगायत सबै संरचनालाई उत्तम, मध्यम र सामान्य गरी तीन भागमा बर्गिकरण गरेको छ । प्रति बर्गफिटमा मूल्य तोकिएको छ । निर्धारण भएको दररेट अनुसार प्रभावित क्षेत्रका नागरिकले मुआब्जा पाउनेछन् ।

फलफुलको दररेट कृषि ज्ञान केन्द्र, बोटबिरुवाको दररेट डिभिजन वन कार्यालय, संरचनाको दररेट भवन डिभिजन कार्यालय (विषयगत) कार्यालयले सिफारिस गरे अनुसार निर्णय गरिएको बूढीगण्डकी जलविद्युत आयोजना पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख जगतकुमार श्रेष्ठले बताए । इकाई कार्यालयले संरचना र बोटबिरुवाको पनि फरक फरक बर्गिकरण गरेको छ ।

प्रतिक्रिया