
त्रिकोणात्मक टी–२०ः मलेशियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौं – घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
शनिबार हुने डू अर डाइ रहेको खेलमा मलेशियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।
नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।
मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।



कागजपत्र |
