सैनिक मञ्च टुँडिखेलमा मनाइयो घोडेजात्रा (फाेटाेफिचर)


काठमाडाैं – राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वनकलाले भरिपूर्ण रोचक कार्यक्रमहरू आयोजना गरी घोडेजात्रा समारोह २०७८ सम्पन्न भएको छ ।

समारोहमा अश्वीकलाका विविध रोचक कार्यक्रमहरू राइड पास/डगद्वारा मार्चपास, टांगन घोडा दौड/डगद्वारा झण्डोतोलन, साइकल रेस, शो–जम्प, ड्रिल राइड/गार्ड डगबाट कला प्रदर्शन, हर्स बल/डग रिले रेस लगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिएको छ ।

विभिन्न प्रदर्शनीपश्चात समारोहका प्रमुख अतिथि राष्ट्रपति भण्डारीबाट म्युजिकल राईडमा प्रथम र द्वितीय हुने क्रमशः घोडसवार उप सेनानी श्रीमद सिल्वाल र सहसेनानी प्रविन लामिछाने, शो–जम्पमा प्रथम र द्वितीय हुने क्रमशः घोडसवार अमल्दार लिलाराम खड्का र प्युठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरेका थिए भने अन्य विभिन्न विधामा उत्कृष्ट हुन सफल व्यक्तिलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले नगद पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा उपराष्ट्रपति, कार्यबाहक प्रधानमन्त्री, कायममुकायम प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका मन्त्रीहरू, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरू, राजदूतहरू, पूर्व प्रधानसेनापतिहरू, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरू, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरू, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृत, सञ्चारकर्मीहरू, परिवारजन तथा सर्वसाधारणको समेत उपस्थिति थियो ।

प्रतिक्रिया