

सेनाले आयोजना गर्ने हाइअल्टिच्युड ट्राइ एडभेन्चर जेठमा

पत्रकार सम्मेलनमा नेपाली सेनाको शारीरिक सुगठन तथा तालिम केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेत तथा सेनानी राजीव चन्दलगायतको सहभागिता थियो । आर्मीले यसअघि २०७४ र २०७५ सालमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
अब भने आर्मीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा श्रीलंका, बंगलादेश, चीन, अमेरिका, बेलायत, भारत, पाकिस्तान, दक्षिण कोरिया, इजरायल र माल्दिभ्सबाट मिलिटरी टिमको सहभागिता रहनेछ । त्यसबाहेक नेपालबाट सिभिलसमेत गरी १५ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा १०० मिटर क्लाइम्बिङ, ४ दशमलब ७५ किलोमिटर दौड र १५ दशमलब ३५ किलोमिटर साइक्लिङ विधा समावेश गरिएको छ । एउटा टोलीमा दुईजना खेलाडी रहनेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै महिला विजेताले एक लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने चन्दले बताए ।

