सञ्चारमन्त्री कार्कीको दावीः नेपाल १० वर्षभित्रमा एशियामै सम्पन्न मुलुक बन्छ


काठमाडौं –  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  १० वर्षभित्रमा एशियामा नेपाल एक सम्पन्न मुलुक बन्ने दावी गरेका छन्।बिहीबार रिपोर्टस् क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताए ।

१० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने उनकाे भनाइ छ।

सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने पनि बताए । नागरिकका अधिकार संविधानबाट सुनिश्चित गरिसकेको भन्दै उनले अब देशको विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया