आज जुम्ला र कालिकोट जाँदै केपी ओली


काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आज जुम्ला र कालीकोट जाँदैछन्। त्यसका लागि ओली बुधबार साँझ नै नेपालगञ्ज पुगिसेकेका छन्।

बिहीबार बिहान हेलिकोप्टरमार्फत् ओली जुम्ला र कालिकोट जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देश दौडाहामा रहेको ओलीले आज जुम्लाको सिंजा र कालीकोटमा एमालेले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

जुम्ला र कालीकोटबाट अन्य पार्टी परित्याग गरी धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका एमाले जुम्लाले जनाएको छ। उनीहरुलाई ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम छ

प्रतिक्रिया