नेपाललाई ११५ रनको लक्ष्य


काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरमा जारी मलेशियासँगको खेलमा नेपालले २० ओभरमा ११५ रनको लक्ष्य पाएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिएका थिए भने अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्र सिं ऐरीले १/१ विकेट हात पारेका थिए ।

पहिलो बलमा विकेट गुमाएको मलेसियाका जुबाइदी जुल्किफ्ले र कप्तान अहमद फाजीले ४९ रनको साझेदारी गर्दै मलेसियालाई मध्यम सुरुवात दिलाए ।

जुबाइदीले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । अहमदले ३८ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडे ।

सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।

 

प्रतिक्रिया