

कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेकै भाेलिपल्ट किन जाँदैछन् प्रचण्ड चितवन?

काठमाडौँ- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला जाने भएका छन्। स्थानीय तहको निर्वाचन तोकिएसँगै प्रचण्ड चितवन पटकपटक पुग्ने गरेका छन्। केही दिनअघि पनि प्रचण्ड चितवनबाटै फर्किएका थिए। नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने निर्णयपछि प्रचण्ड गृहजिल्लाको माहोल बुझ्न जान लागेका हुन्। उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन्।
त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्डहल उद्घाटन गर्नेछन् । चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ। अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ।

