
सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्छः रमेश लेखक
काठमाडौं – नेपाली कांग्रेसका नेता रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने बताएका छन् ।
सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेलबारे निर्णय लिनुपर्ने बताए ।
उनले भने, ‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरि पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ ।’
कांग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्ने उनको भनाइ छ । तर गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको मनोविज्ञानलाई पनि ख्याल गर्नुपर्ने लेखकले बताए । ‘स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता कार्यकर्ताको मनोविज्ञान ख्याल गर्नपर्छ । केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन दिनुहुन्न । तल्लो तहको भावना र स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्छ ।’



कागजपत्र |
