प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते भारत भ्रमणमा जाने भएका छन् ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा चैत १९ गते भेटवार्ता गर्ने भएका छन्।

भारतीय परराष्ट्र मन्त्रालयका अनुसार देउवासँग भारतीय परराष्ट्र मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि भेट गर्नेछन्। देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो औपचारिक भारत भ्रमणमा जाँदैछन्। यसअघि देउवा बेलायत पुगेका थिए। त्यहाँ पनि उनले भारतीय समकक्षी मोदीसँग साइडलाइन वार्ता गरेका थिए। सोही वार्तामा मोदीले देउवालाई भारत भ्रमणको मौखिक निमन्त्रणा गरेका थिए।

त्यसलगत्तै देउवा जनवरी भारतको भाइब्रेन्ट गुजराज समिटमा पुस अन्तिम साता नै जाने तयारी थियो। कोभिडका कारण उक्त समिट रोकिएसँगै भ्रमण स्थगित भएको थियो।

देउवा चैत १ गते भारत प्रस्थान गर्दैछन् । भारतीय राजधानी नयाँ दिल्लीमा उच्च स्तरीय भेटघाट सकेपछि प्रभानमन्त्री देउवा उत्तर प्रदेशको बनरास पनि जानेछन् ।

 

प्रतिक्रिया