
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह किन भयाे स्थगित?
काठमाडाैँ- मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहको पूर्व निर्धारित कार्यक्रम स्थगित भएको छ। अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको रजिष्ट्रार प्रा।डा। नारायण प्रसाद पौडेलले जानकारी दिएका छन्।
यसअघि चैत १६ गते दोस्रो दीक्षान्त समारोह कार्यक्रम गर्ने तय भएको थियो। दीक्षान्त समारोह सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फागुन ११ गतेको पत्रअनुसार चैत १६ गतेलाई समारोहको समय निर्धारण गरिएको थियो।
तर, विशेष कारणले हाललाई दीक्षान्त समारोह स्थगित गरिएको भन्दै विश्वविद्यालय सभाका सदस्यहरु, विशिष्ट अतिथि,प्राध्यापक, कर्मचारी एवं विद्यार्थीलाई पत्राचार गरिएको छ।



कागजपत्र |
