विमान दुर्घटना स्थलमा कुनै विस्फोटक पदार्थ नभेटिएको अधिकारीको भनाइ


नान्निङ – चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ।

ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको अग्नि नियन्त्रण ब्रिगेडका प्रमुख झेङ सिले सार्वजनिक सुरक्षा अधिकारीहरूको भौतिक र रसायन प्रयोगशालाले दुर्घटना स्थलबाट प्राप्त ६६ मध्ये ४१ वटा नमूनाको परीक्षण गरिसकेको छ।

उनले भने, ‘त्यहाँ सामान्य अकार्बनिक विस्फोटक पदार्थको कुनै अवयवहरू फेला परेको छैन। परीक्षणगर्दा कुनै नियमित जैविक विष्फोटक पदार्थ पनि भेटिएको छैन।’

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ ।

कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया