विमान दुर्घटनामा मृत्यु भएका ११ जनाको शव जिम्मा
काठमाडौं – त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका ११ शव आफन्तहरुलाई जिम्मा लगाएको छ ।
अस्पतालले ११ शवहरू आफन्तको असन्तुष्टिकै बीच जिम्मा लगाएको हो ।
अहिलेसम्म को-पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलालगायत ११ जनाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ । बाँकी केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न भएको हो ।
दुर्घटनामा १८ जनको मृत्यु भएको थियो ।