पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पीएनजीले केही बेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान गुल्सन झा आएका छन् । पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ । नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका थिए । युएईमा नेपालले पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।

नेपालले आगामी मेमा आइसिसी विश्वकप लिग टु अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । त्यसैका लागि यो सिरिजलाई फोकस गरेको छ । नेपालले पीएनजीसँग एक दिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।

 

प्रतिक्रिया