बर्दियामा अवैध लागूऔषध ब्राउनसुगर सहित एकजना पक्राउ


बर्दिया – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका-२ जमुनी गाउँ नजिकबाट करिब ९ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-२ सितापुर बस्ने २५ वर्षीय सुनिल रानामगरलाई बिहीबार साँझ प्रहरी चौकी जामुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिरहा, भगवानपुर गाउँपालिका-४ बलान खोलास्थित सडकबाट करिब २४ किलो अवैध लागूऔषध गाँजा बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ठाडाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात उक्त बोरा जाँच गर्ने क्रममा गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया