मोरङ लेटाङकी १७ वर्षीया किशोरी झुन्डिएको अवस्थामा भेटिइन्


काठमाडौं – आजदेखि कर्फ्यू हटेपछि सामान्य अवस्थामा फर्कँदै गरेको मोरङको लेटाङमा फेरी अर्को दुःखद घटना भएको छ। लेटाङ नगरपालिका–६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी छन्।

उनी लेटाङ–५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले बताएको छ। उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शव पोस्टमार्टमको लागि पठाएको छ। यस घटनापछि बिस्तारै सामान्य अवस्थामा फर्कँदै गरेका लेटाङवासीलाई थप चोट पुगेको हो।

गत आइतबार मात्र सोही विद्यालयका एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा सुरु भएको लफडाले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यानै समेत गएको थियो।

उक्त घटनापछि लेटाङमा सोमबार बिहानबाट लगाइएको कर्फ्यु आज बिहानदेखि पूर्ण रूपमा हटाइएको थियो।

प्रतिक्रिया