राम्रो सम्बन्ध नभएका मुलुकले रुसकै मुद्रामा ग्यास किन्नुपर्ने पुटिनकाे चेतावनी


एजेन्सी- रुसले आफूसँग राम्रो सम्बन्ध नभएका केही मुलुकले आफूसँग ग्यास खरिद गर्दा रुसी मुद्रा रुबलमा नै भुक्तानी गर्नुपर्ने बताएको छ। बुधबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारका मन्त्रीहरुसँगको बैठकमा यस्तो घोषणा गरेका हुन्। पुटिनले युक्रेनमा आक्रमण गरेपछि रुसमाथि प्रतिबन्ध लगाउने मुलुकलाई यो नियम लागू हुने बताएका हुन्।

युरोपमा प्रयोग हुनेमध्ये ४० प्रतिशत ग्यास रुसबाट आउने गरेको छ। यद्यपि पुटिनले ग्यास आपूर्ति भने जारी राखिने बताएका छन्। उनले बजारको मूल्यअनुसार यसअघिको सम्झौताअनुसार नै ग्यास आपूर्ति हुने बताएका छन्।

‘अहिलेको परिवर्तनले केवल भुक्तानी गर्ने मुद्रामा मात्र फरक पर्नेछ, जुन अब रुसी रुबलमा गर्नुपर्ने हुन्छ’, पुटिनले भने।

प्रतिक्रिया