
युक्रेनलाई ६ हजार मिसाइल दिँदै बेलायत
बेलायत- बेलायतले रुसको आक्रमणको सामना गरिरहेको युक्रेनलाई थप ६ हजार मिसाइल दिने भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार यसको घोषणा गर्नेछन्।
बिहीबार नेटो र जी७ का नेताहरुबीच ब्रसेल्समा हुने बैठकमा जोन्सनले युक्रेनका सेना र पाइलटलाई थप ३ करोड ३० लाख डलरको सहयोग पनि घोषणा गर्नेछन्।
जोन्सनले युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग गर्नको लागि बेलायतले अन्य सहयोगी मुलुकसँग पनि छलफल गरिरहेको बताएका छन्। यसअघि नै बेलायतले युक्रेनलाई ४ हजार मिसाइल प्रदान गरिसकेको छ।
साथै बेलायतले युक्रेनको मानवीय सहयोगको लागि ४० करोड पाउण्ड रकम पनि प्रदान गरिसकेको छ।



कागजपत्र |
