राष्ट्रपतिद्वारा तेस्रो पटक रेल्वे अध्यादेश जारी


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंगलवार रेल्वे अध्यादेश जारी गरेकी छन् ।  राष्ट्रपति भण्डारीले हाल तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेकी हुन् ।

सरकारले गत मंसिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला जारी गरेको अध्यादेश संसदमा जान नसकेर फेल भएको थियो ।

त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद अधिवेशन शुरू नभएको र जारी भएको ६० दिनमा संसदमा पेश हुन नसकेका कारण अध्यादेश निष्क्रिय भएको थियो ।

जनकपुर–जयनगर रेल सञ्चालनको टुंगो नभए पनि सरकारले अध्यादेश ल्याएर कानूनी आधार तयार गरेको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्था सहितको अध्यादेश जारी भएको हाे ।

प्रतिक्रिया