नेपालद्वारा पपुवान्युगिनी ७ विकेटले पराजित


काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवान्युगिनी विरुद्ध जित हात पारेको छ ।

युएईमा सम्पन्न खेलमा नेपालले पपुवान्युगिनीविरुद्ध ७ विकेटको जित हात पारेको हो ।

नेपालले पपुवान्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ औं ओभरमा पूरा गरेको थियो ।

१७४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा ओपर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले भने रोहित पौडेलले ४४ रन बनाए । त्यसतै आसिफ शेख २ रनमा आउट हुँदा दिपेन्द्र सिं ऐरी शुन्यरनमा आउट भए । नेपालले अतिरिक्त १९ रन पाएको थियो ।

टस जितेर बलिङ गर्ने निर्णय गरेको नेपालले पपुवान्युगिनीलाई ५० ओभरमा ८ विकेटको क्षतिमा १७३ रनमा रोकेको थियो । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २÷२ विकेट लिएका थिए भने करण केसी, आरिफ शेखर, दिपेन्द्र सिं ऐरी र पवन सर्राफले १÷१ विकेट हात पारेका थिए ।

प्रतिक्रिया