

सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडीमा सम्मानित

काठमाडौं – सावित्रा भण्डारी यो दशककै उत्कृष्ट खेलाडी बनेकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले भण्डारीलाई यो अवार्डबाट सम्मानित गरेको हो।
सावित्राले ३४ वटा अन्तर्राष्ट्रिय खेलमा ३८ गोल गरेकी छन्। उनी हालैमात्र कतारमा खुट्टाको उपचार गरेर फर्किएकी थिइन्।
दशककै उत्कृष्ट बनेपछि उनले आफूलाई अब्बल बनाउन आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै कोच, टिम, क्लब र एन्फालाई धन्यवाद दिएकी छन्।

