मुख्यमन्त्रीमा प्रस्तावित शाक्यले बोलाइन् वाग्मती प्रदेश संसदीय दलको बैठक


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका नेता तथा बाग्मती प्रदेशको मूख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश संसदीय दलको बैठक बोलाएकी छन् । शाक्यले वाग्मती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको बताएकी छन् ।

गत पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्तावित गरिएको थियो । उनले संसदीय दलको बैठक नबस्दा धेरै निर्णयहरु प्रभावित भएको भन्दै बैठक बोलाएको बताएकी छन् ।“संसदीय दलको बैठक नबस्दा धेरै निर्णय प्रभावित भएको छ । प्रदेशसभाका अधिकांश सदस्यहरू काठमाडौँमै भएकाले बिहान ११ बजे पेरिसडाँडाको पार्टी मुख्यालयमा बैठक बोलाइएको छ,” उनले भनिन् ।

मंगलबार मुख्यमन्त्री पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका थिए । आजै शाक्यले आफैंले बैठक आह्वान गरेकी हुन् । योसँगै संघमा देखिएको गतिरोध प्रदेश तहका संरचनामा सरेको छ ।

प्रतिक्रिया