एकैदिन बाँकेमा ३ संक्रमितको मृत्यु


नेपालगञ्ज – कोरोना संक्रमणबाट बाँकेमा थप ३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार उपचारका क्रममा मृत्यु भएका तीनजना मध्ये दुईजना बाँकेका र एकजना बर्दियाका संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए ।

त्यस्तै बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया