
श्रीलंकामा पेट्रोलियम पदार्थको चरम अभाव, लाइनमा बसेका दुईजनाको मृत्युपछि अवस्था तनावग्रस्त
एजेन्सी- श्रीलंका पछिल्लो केही समययता इन्धन संकटको सामना गरिरहेको छ। श्रीलंकामा पेट्रोल र मट्टितेलको लागि निकै लामो लाइन लागेको छ। आइतबार दुई फरक फरक सहरमा लागेको लाइनमा दुईजनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार इन्धनको लागि लाइनमा बसेका दुई वृद्ध मानिसको मृत्यु भएको हो। दुवैको उमेर ७० वर्षको हाराहारीमा थियो।



कागजपत्र |
