प्रदेशसभा सदस्य विष्टलाई निलम्बन गर्ने माओवादीको निर्णय


सुर्खेत – माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टलाई निलम्बन गरेका छन् ।

शाही एक विज्ञप्ति निकाल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य दलका सदस्य मा. ठम्मरबहादुर विष्टले निरन्तर दलको विधानविपरितको अभिव्यक्ति र गतिविधि गर्दै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेपनि दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा फर्कन गरेको निर्देशनको अवज्ञा गरेको हुनाले सदस्यबाट निलम्बन गरेको बताएका छन् ।

त्यसअघि माओवादी केन्द्रको कर्णाली प्रदेशको गत चैत ३ गते बसेको बैठकले विष्टलाई राजीनामा फिर्ता लिई पार्टीको काममा क्रियाशील रहन निर्देशन दिएको थियो ।

May be an image of text that says 'नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको कार्यालय A वीरेन्द्रनगर, सुर्बेत, नेपाल प.स.: च.नं. मिति: २०७५ गते प्रेसनोट प्रस्तुत विषयमा नेकपा (माबोबादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा. ठम्मर बहादुर विष्टले निरन्तर दलको विघान विपरितका बभिव्यक्ति गतीविधि गर्दे बाहरहेको एवं प्रदेश सभा सदस्यवाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहालाई दिएको निर्देशनको अबजा गरेकाले दलको सदस्यवाट निलम्बन गरिएको सुचित गरिन्छ धन्यवाद ነ4 ............. महेन्द्रबहादुर शाही दल नता'

प्रतिक्रिया