
‘हलो’ दाबी गर्दै आएका कमल थापालाई निर्वाचन आयोगले दियो चुनाव चिन्ह ‘तीर’
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन गरी राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीले ‘तीर’ चुनाव चिन्ह पाएको छ। पुरानो राप्रपाकै हलो चिन्ह दाबी गर्दै आएको यो पार्टीलाई आयोगले आगामी निर्वाचनको लागि तीर चिन्ह प्रदान गरेको हो। राप्रपाले हलो चुनाव चिन्हका लागि दाबी कायमै राख्ने पनि बताएको छ।
राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले आफ्ना नेता कार्यकर्तालाई तीर चुनाव चिन्ह रहेकोबारे प्रचार गर्न पनि विज्ञप्ति जारी गरी निर्देशन दिएका छन्।




कागजपत्र |
