गृहमन्त्रीको पहलमा आमरण अनशनरत बराल र सरकारी टोलीबीच वार्ता


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणको पहलमा विभिन्न माग राख्दै आमरण अनशनमा बसेकी तारा बरालसँग सरकारी टोलीले वार्ता गरेको छ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गृहमन्त्रीका प्रशासन तथा शान्ति सुरक्षा मामला विज्ञ सुनिल खनाल र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले अनशन स्थलमा पुगेर वार्ता गरेका हुन् ।

वार्ता सकारात्मक भएको काठमाडौंका प्रजिअ रिजालले जानकारी दिए । ‘वार्ता सकारात्मक भएको छ,’ प्रजिअ रिजालले भने, ‘अब फेरि वार्ता गरेर टुंग्याउँछौँ ।’ गृहमन्त्री खाणले बरालसँग वार्ता गरी समस्या समाधान गर्ने पहल गर्न निर्देशन दिएका थिए ।

उनको निर्देशनपछि टोली वार्ताका लागि अनशन स्थलमा पुगेको हो । सरकारी टोलीले बरालको स्वास्थ्य अवस्थाबारे पनि जानकारी दिएको थियो ।

बरालले संसद्बाट पास भएको अमेरिकी सहयोग नियोक ९एमसीसी० पूर्ण रूपमा खारेज गर्नुपर्ने, नागरिकता विधेयक पूर्ण रूपमा खारेज गरिनु पर्ने, प्रदेश नं ३, ४, र ६ लाई भारतसँग व्यापारिक नाका नदिएको कारणले संघीयता पूर्ण रूपले खारेज गर्नु पर्ने, सर्वोच्च अदालतलाई पूर्ण रूपमा तत्काल सुरु गर्नुपर्ने र सर्वोच्च अगाडि महिलामाथित दुव्यवहार गर्ने अपशव्द बोल्ने अधिवक्ताहरूलाई कारबाही गर्नु पर्ने माग राख्नु भएको छ ।

उनका मागमध्य सर्वोच्चको सेवा पूर्ण रुपमा सुचारु भइसकेको छ । सरकारी वार्ता टोलीले बिहीबार फागु पूर्णिमा भएकाले शुक्रबार पुनः वार्ता गरेर अनशन टुंग्याउने प्रयास गर्ने जनाएको छ ।

प्रतिक्रिया