
जसपाका नेता हरि रिजाललाई ज्यानमार्ने धम्की, सुरक्षाको व्यवस्था मिलाउन बाबुराम भट्टराईको माग
रिजालकाे फार्ममा कस्ले राख्याे विस्फाेटक पदार्थ?
काठमाडाैँ – सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य हरि रिजालको दाङस्थित कृषि फार्ममा कसैले विस्फोटक पदार्थ राखेको फेला परेको छ। साथै उनलाई धम्कीपूर्ण पत्र पनि पठाइएको जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन्।
एमसीसीको बहानामा यसो गरिएको हुन सक्ने आशंका भट्टराईले गरेका छन्। घटनाको निन्दा गर्दै उनले आफ्ना केन्द्रीय सदस्य रिजाल, उनका सहकर्मी तथा परिवारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन्।
‘जसपा केन्द्रीय सदस्य हरि रिजालको दाङस्थित कृषि फार्ममा विस्फोटक पदार्थ राख्ने, धम्कीपूर्ण पत्र पठाउने कार्य जो कसैले गरेको भए पनि निन्दनीय छ’, डा। भट्टराईले मंगलबार बिहान भनेका छन्, ‘एमसीसी वा कुनै पनि बहानामा यस्ता आपराधिक कार्य गर्ने उपर राज्यले तुरुन्त कारबाही गरोस् र नेता रिजाल, उहाँका सहकर्मी र परिवारको सुरक्षा गरोस्।’
हालै प्रतिनिधि सभाबाट पारित अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीका पक्षमा सत्तारुढ अन्य दलसँगै जसपा पनि सहभागी छ। अझ यसका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले त एमसीसीका पक्षमा चर्को वकालत गरिरहेका छन्।



कागजपत्र |
