
पञ्जाबमा प्रतियोगिताकै बीच अन्तर्राष्ट्रिय कबड्डी खेलाडी सन्दीपको हत्या
एजेन्सी – पञ्जाबको जालन्धरस्थित नाकोदरको मल्लियाँ कलान गाउँमा जारी प्रतियोगिताका क्रममा सोमबार अन्तर्राष्ट्रिय कबड्डी खेलाडी सन्दीप नङ्गलको गोली हानी हत्या भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना हुनु केही समयअघि खेलकै क्रममा झडप भएको थियो। जससँग झगडा भएको थियो उसले गोली प्रहार गरेको बताइएको छ। गोली लागेपछि आयोजकले सन्दीपलाई तुरुन्तै निजी अस्पताल लगे त्यहीँ उनको मृत्यु भयो।



कागजपत्र |
