
नक्कली आइडी बनाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक पक्राउ
काठमाडौं – प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका-४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दीप गौतमलाई सोमबार भक्तपुरबाट नै पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।
अपराध महाशाखाका अनुसार गान्दीपले नक्कली आइडी बनाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । जोन लरेन्स नाम गरेका एक व्यक्तिले पिडितलाई ९० लाख रुपैयाँको चिठ्ठा परेको र २ लाख पाउण्डसहितको सुटकेश पठाई दिएको भन्दै झुक्याएर ठगी गरेको आरोप छ।
त्यसको केही दिनपछि भारतबाट एक व्यक्तिले पीडितलाई फोन गरि उनको नाममा पार्सल आएको तर भन्सार बुझाउनुपर्ने भन्दै पटकपटक पैसा मागेका थिए । विश्वासमा परेर ती वृद्धाले विभिन्न अकाउन्टमा पैसा पठाएको पाइएको प्रहरीले जनाएको छ।
३८ वर्षीय गान्दीपले आफूले पाउनु पर्ने पैसा पाएको र पीडितसँग कुनै चिनजान नभएको प्रारम्भिक बयान दिएका छन् ।



कागजपत्र |
