
कलैया नगरका मेयरले जिते कांग्रेस बाराको सभापति
काठमाडौँ – नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको सभापति पदमा राजेश राय यादव निर्वाचित भएका छन्। यादवले १२०६ मत ल्याएर विजयी भएका हुन्। उनी कलैया उपमहानगरका मेयरसमेत हुन्।
सभापतिका अर्का उम्मेदवार शम्भुबहादुर बुढाथोकीले जम्मा ११५४ मत मात्रै ल्याएका छन्। यहाँ पहिलो चरणमा सभापतिका तीन जना उम्मेदवार थिए।
दोस्रो चरणमा भएको मतदानमा संस्थापन पक्षकै दुई उम्मेदवार यादव र बुढाथोकी प्रतिस्पर्धामा उत्रिएका थिए। सभापति जितेका यादवलाई शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले पनि दोस्रो चरणमा समर्थन गरेका थिए। यादवले ५२ मतान्तरले बुढाथोकीलाई हराएका हुन्।



कागजपत्र |
