युक्रेनसँग लड्न रुसले चीनसँग माग्यो सहयोग


एजेन्सी –  रुसले चीनलाई युक्रेनसँग लड्न सैन्य सहयोग मागेको अमेरिकी शीर्ष अधिकारीले बताएका छन्। आइतबार अमेरिकी अधिकारीले उल्लेख गरेअनुसार रुसले चीनसँग ड्रोनलगायतका सैन्य हतियार सहयोग मागेको हो।

यस विषयमा रुसले भने कुनै प्रतिक्रिया छैन। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनले रुसलाई सहयोग दिनु चिन्ताको विषय रहेको बताएका छन्।

उनले अहिले आफूहरु निरन्तर चीनले रुसलाई गरेको सहयोगलाई नियालिरहेको बताएका छन्। उनले यस विषयमा चिनियाँ अधिकारीसँग पनि कुरा भइरहेको उनले बताए।

उनले कुनै पनि मुलुकले रुसमाथि लगाइएको आर्थिक प्रतिबन्ध कमजोर हुने किसिमका कार्य गर्न नहुने बताए।

अमेरिकाले रुसलाई सहयोग हुने किसिमको कुनै पनि सहयोगको परिणाम राम्रो नहुने चेतावनी यसअघि नै दिइसकेको छ।

फेब्रुअरी २४ यता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। यसैबीच रुसलाई पश्चिमा मुलुकले पनि विभिन्न किसिमका प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया