
नेपालमा दुई पार्टीमात्रै राख्ने अन्तर्राष्ट्रिय ‘ग्राण्ड डिजाइन’ छ : प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामा हुने निर्वाचनमा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको पनि बताए ।
‘हाम्रा लागि यो ठूलो ब्याटल हो, सबै पक्षको तालमेल मिलाएर युद्ध जितेका हौं, डोकोमा रेडियो बोकिन्थ्यो, आफू घाइते हुँदा बोक्ने स्टे«चर बोकेर, आफू मर्दा पुरिने खाल्डो खनेर युद्धमा गएका थियौं, त्यहाँ एकता थियो त्यही कारण हामीले जितेका हौं, अहिले पनि त्यही अवस्थाको एकता गर्नुहोस्’, प्रचण्डले भने ।
यस्तै प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा जनताले अत्यधिक मत दिँदा आफू बिग्रिएको पनि स्वीकार गरेका छन् । उनले स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झँदै भने, ‘त्यो बुढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होला ? महिनामा जाँदै गरेको रुक्माङ्गत कटुवालालाई किन हटाएको होला,मेरो बुद्धि ?’



कागजपत्र |
