
डा. भट्टराईको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन, जसपामा व्यक्ति होइन पद पूर्णकालीन हुनुपर्छ (पूर्णपाठ)
काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पूर्णकालीन रुपमा पार्टीको काम गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
संघीय परिषदको आज शनिवार शुरु भएको पहिलो बैठकमा पेश गरेको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भट्टराईले जसपामा व्यक्ति होइन पद पूर्णकालीन हुनुपर्ने प्रस्ताव राखेका हुन् । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ३३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।
जसपा पूरै कार्यकर्ता आधारित भेनगार्ड (अग्रदस्ता) पनि नभएको र मास बेस पार्टी पनि नभई स्वयंसेवी अभियन्ताको अनुशासित पार्टी हुनुपर्ने भनेका छन् । त्यसैले पार्टीका जिम्मेवारीमा रहेका व्यक्तिहरु निजी काममा नलागी पूरै समय पार्टीमै खट्नुपर्ने उनको प्रस्ताव छ ।
त्यस्तै प्रादेशिक र स्थानीय पार्टीका पदाधिकरीले पनि पूर्णकालीन सरह समय दिनुपर्ने भन्दै उनले पार्टीको महत्वपूर्ण पदमा पनि रहने र निजी तथा व्यक्तिगत काममा नै व्यस्त रहने हो भने पार्टी कामले गति नलिने बताएका छन् ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठ



कागजपत्र |
