व्यापारीहरुको गुनासाे बढेपछि फेरिँदै राजश्वका हाकिम


काठमाडौं– सरकारले २८ जना सहसचिवहरूको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । जसमा पर्यटन मन्त्रालयमा कार्यरत सहसचिव चक्र बुढाको नाम पनि समावेश  छ ।

उनलाई राजश्व अनुसन्धान विभागमा पठाइन लागेको हो । त्यहाँ कार्यरत नवराज ढुंगानालाई तानिन लागेको बताइएको छ । उक्त निर्णय भने सोमबारसम्म हुने बताइएको छ ।  प्रधानमन्त्री कार्यालयको निजी सचिवसमेत रहेका उनले विभिन्न व्यापारीहरुलाई दुःख दिएको गुनासोपछि उनको ठाउँमा बुढालाई पठाइन लागेको स्रोतले कागजपत्रलाई बतायो ।

विभागमा थोरै समयअवधिमा पटक–पटक कार्यालय प्रमुख परिवर्तन हुने गरेका छन् । त्यसैक्रममा पहिले भन्सार विभाग प्रमुख रहेका बुढालाई स्वार्थ बाँझिने गरि राजश्व अनुसन्धान विभागमा पठाइन लागेको छ । गृह मन्त्रालयको क्याडर रहेका बुढा निजामती कर्मचारीभित्र ‘लो’ प्रोफाइलमा बसेर चौतर्फी घुम्ने चतुर कर्मचारीका रुपमा चिनिन्छन् ।

 

 

 

प्रतिक्रिया