इन्जिनियनिङ पढिरहेकी स्नेहा एक सातादेखि बेपत्ता, अन्तिम ‘लोकेसन’ भाटभटेनी नजिक


काठमाडौं- इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन् । सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।

उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ । उनले पछाडि झोला बोकेकी थिइन् ।

उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ । स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो। आमाबाबुले छोरी खोज्न आग्रह गरिरहेका छन् ।

फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

प्रतिक्रिया