डलर देखाउँदै ठगेर भाग्ने सरोज र राज पक्राउ


काठमाडौं- डलर देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङ छन् ।

उनीहरूले २०८० चैत १ मा भक्तपुरको लोकन्थलीमा डलर साट्ने बहाना बनाएर ३ लाख ५० हजार ठगेर भागेको आरोप छ । उनीहरूविरुद्ध ओखलढुङ्गा घर भएर बुढानीलकण्ठ बस्ने हिरुमाया मगरले उजुरी दिएकी छन् ।

घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया