काठमाडौंको एक कलेजमा नक्कली परीक्षार्थी


काठमाडौं- काठमाडौंको ठुलो भर्‍याङस्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

आजबाट सुरू भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ ।

शाहीहले शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा  परीक्षा दिइरहेका थिए ।

 

 

प्रतिक्रिया