भारतीय वायुसेनाकाे विमान दुर्घटना


काठमाडाैं– भारतमा प्रशिक्षणको क्रममा भारतीय वायुसेनाकाे विमान दुर्घटनामा परेकाे छ । बिहीबार बिहान १० बजे राजस्थानकाे जेसलमेर जिल्लाकाे एक गाउँमा विमान दुर्घटनामा परेकाे हाे ।

दुर्घटनाकाे कारण भने अहिलेसम्म नखुलेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  दुर्घटनापछि दमकल, जिल्ला र वायुसेनाका अधिकारी घटनास्थलमा पुगेका थिए ।

दुर्घटनामा कुनै मानविय वा सम्पतीकाे क्षति भएकाे छैन । दुर्घटनाको कारण पत्ता लगाउन समिति गठन गरिएको छ ।

प्रतिक्रिया