

उमेशप्रसाद थानी आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडाैँ – सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए।
थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन०का अध्यक्ष हुन्। उनी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम निर्देशकका लागि सिफारिस गरेको थियो।
रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना निकाल्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो । उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए।
तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

