श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको निधन


काठमाडाैं – श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।

उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो । श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो । उनी १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो ।

उनी दुई छोरा र एक छोरीकी आमा थिइन् । उनको श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो । उनी शाकाहारी थिइन् । उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना भएको दावी गरेका छन् । सन् १९८२ मा मात्रै अस्पताल भर्ना भएको पारिवारिक सदस्यहरूको भनाई छ ।

प्रतिक्रिया