जापानले नेपाललाई दियो २ अर्ब ६१ करोड अनुदान
काठमाडौं – नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुक जापान सरकारले नेपाललाई यो पटक २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।
जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ ।