एआईजी बढुवा सिफारिस हुँदै !
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो।
मन्त्रिपरिषदको नियमित बैठक अन्तर्गत आज बस्ने मन्त्रीपरिषद् बैठकबाट नेपाल प्रहरीका नयाँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सिफारिस हुने जनाइएको छ ।
यसअघि सरकारले प्रहरीमा एआईजीको ३ वटा दरबन्दी थप्ने निर्णय गरेको थियो । उक्त दरबन्दीअनुसार अहिलेसम्म बढुवा भएको छैन ।
‘आजको बैठकमा थपिएको दरबन्दीमा ३ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई एआईजीका लागि बढुवा सिफारिस गर्नसक्छ,’ प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार नेपाल प्र्रहरीको एआईजीका लागि धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्र धानुक चर्चामा रहेका छन् । उनीहरूसँगै दिवेश लोहनी र बसन्त पन्तको पनि चर्चा रहेको छ ।
निर्वाचन आयोगले चैत १५ पछि कर्मचारीको सरुवा र बढुवा गर्न बन्देज गरेको निर्णय अगावै सरकारले आजै एआईजी बढुवाको सिफारिस गर्ने जनाइएको छ ।