
पाँच महिनादेखि कार्यालय नआउने दुई इन्स्पेक्टरलाई गृहको स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी
काठमाडौँ – कार्यालयमा हाजिर नहुने दुई प्रहरीलाई गृहमन्त्रालयले स्पष्टीकरण सोधेको छ। नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी निरीक्षक (इन्स्पेक्टर)द्वय विशालजंग ठकुरी र कार्तिकेश झालाई गृहमन्त्रालयको प्रहरी कर्मचारी महाशाखाले सात दिनभित्र कार्यालयमा उपस्थित नहुनुको कारण उल्लेख गरेर स्पष्टीकरण दिन भनेको हो।
ठकुरी प्रहरी अस्पतालमा र झा प्रहरी विधि विधान प्रयोगशालामा कार्यरत छन्।प्रहरी स्रोतका अनुसार ठकुरी ८ कात्तिकदेखि र झा २२ कात्तिकदेखि जानकारीबिना नै कार्यालय गएका छैनन्। गृहले सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए सेवाबाट हटाउने चेतावनी पनि दिएको बताइएको छ।



कागजपत्र |
