
बसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली
काठमाडौँ – काठमाडौँको बसन्तपुरस्थित हनुमान ढोकामा चीर ठड्याइएको छ। चीर ठड्याएसँगै आजबाट विधिवतरुपमा रङको पर्व होली सुरु भएको छ। आज बिहीबार बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।
चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। हनुमानढोका परिसर, हनुमानढोकाभित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरूखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ ।
आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याएर दाहगरेपछि होली समाप्त हुन्छ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ।



कागजपत्र |
