
आजको मौसम : सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा
काठमाडौँ– सुदूरपश्चिम, कर्णाली र गण्डकीमा बिहीबार वर्षा तथा हिमपातको सम्भावना रहेको छ। आशिंकदेखि सामान्य बदली रहेको यी प्रदेश तथा देशभर दिउँसो मौसम सफा रहने र अपराह्न वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विहान सार्वजनिक मौसम बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
देशको पहाडी भु-भागमा अपरान्ह पछि हल्का वर्षा र थोरै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ।



कागजपत्र |
