


परराष्ट्रमन्त्रालयले भन्याे : मन्त्री खड्काको अभिव्यक्ति तोडमोड गरियो

काठमाडाैँ – परराष्ट्र मन्त्री डा.नारायण खड्काले दिएको अभिव्यक्तिलाई तोडमोड गरी समाचार प्रकाशित गरिएको भन्दै परराष्ट्र मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसरी आएका समाचार र विज्ञप्तिमा कुनै सत्यता नभएको जनाएको हो।

